२०८३, ३ असार बिहीबार

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न


बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण, पिलुवा, बाराले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

रजत महोत्सवका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको समन्वयात्मक सहकार्यले देशको समग्र सुरक्षा व्यवस्थापन सुदृढ बनाउँदै आएको उल्लेख गरे। उनले सीमा सुरक्षालाई राष्ट्र सुरक्षाको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै स्थानीय नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

ढकालले सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी, तस्करी तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहेको बताउँदै जनताको सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरे। “जनताको करबाट सञ्चालन हुने सुरक्षा निकायले नागरिकप्रति पूर्ण उत्तरदायी भएर सेवा दिनुपर्छ,” उनले भने।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरदिप कुमार बस्नेतले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण तथा शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

बस्नेतले बारा, पर्सा र रौतहटमा बाढी, आगलागी, सडक दुर्घटनालगायत विपद्का समयमा सशस्त्र प्रहरीले निरन्तर उद्धार तथा राहत कार्य गर्दै आएको जानकारी दिए। उनले सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै “नङ र मासुको सम्बन्ध” जस्तै समन्वय आवश्यक रहेको बताए।

उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी, खेलकुद तथा आन्तरिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सुरक्षाकर्मी, सहिद परिवार तथा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, कवाज प्रदर्शन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको थियो।

वि.सं. २०५८ सालमा स्थापना भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण हाल मधेश प्रदेशअन्तर्गत बारा, पर्सा र रौतहट जिल्लाका सीमा इकाईहरूमा जनशक्ति तथा बन्दोबस्ती सहयोग गर्ने उद्देश्यले कार्यरत रहेको छ। आवश्यकता अनुसार यो गण देशभर रिजर्भ फोर्सका रूपमा परिचालन हुँदै आएको छ।

रजत महोत्सवले सशस्त्र प्रहरी बलको संगठनात्मक इतिहास, योगदान तथा आगामी जिम्मेवारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

इन्दीप कोइराला, बारा

प्रकाशित मिति : २०८३, १४ जेष्ठ शुक्रबार  ११ : ४२ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित