काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३ वर्षीय वृद्धको हत्या गरिएको खुलासा भएको छ। इलाम घर भई ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका गर्जमान थापाको हत्या गरी शव सेतो बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार थापाको २६ पुस दिउँसो करिब…