२०८३, १० कार्तिक मंगलबार

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत

फास्ट ट्र्याकका युवा इञ्जिनियरको ज्यान गयो, भीमफेदी दुर्घटनामा चालक पनि मृत


काठमाडौं । मकवानपुरको भीमफेदी-८ बैदमारमा गएराति भएको सवारी दुर्घटनाले फास्ट ट्र्याक आयोजनाले एक युवा इञ्जिनियर गुमाएको छ। दुर्घटनामा आयोजनामा कार्यरत २१ वर्षीय सूर्य यादव र चालक बोधराज बुढाथोकीको मृत्यु भएको हो।

माण्डु हाइड्रोपावरतर्फ जाँदै गरेको बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि उक्त क्षेत्रको सडक सुरक्षामाथि पुनः प्रश्न उठेको छ। पछिल्ला महिनाहरूमा मकवानपुरका विभिन्न सडक खण्डमा दुर्घटनाका घटना बढ्दै गएका छन्।

प्रकाशित मिति : २०८३, २७ जेष्ठ बिहीबार  ८ : ५९ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको