२०८३, ३ भाद्र बिहीबार

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन


काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क समितिको भेला काठमाडौंमा सम्पन्न भएको छ। भेलाले संगठन विस्तार गर्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

भेलामा केन्द्रका अध्यक्ष नन्दराज घतानी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। भेलामा संगठनलाई प्रदेशस्तरमा थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यसहित कोशी प्रदेश तदर्थ समिति गठन गरिएको हो।

नवगठित तदर्थ समितिको संयोजकमा सागर खाती र सह–संयोजकमा कुमार विश्वकर्मा चयन भएका छन्। समितिले दलित तथा उत्पीडित समुदायको अधिकार, सम्मान र मुक्ति आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ।

कार्यक्रममा मिन विश्वकर्माले तदर्थ समिति गठनसँगै संगठन विस्तार र आन्दोलनलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम भएको बताए। उनले आगामी दिनमा समुदायका अधिकार सुनिश्चित गर्न व्यापक अभियान सञ्चालन गरिने जानकारी दिए।

भेलाले दलित उत्पीडित समुदायको मुक्ति आन्दोलनलाई संगठित, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, २९ जेष्ठ शनिबार  २ : ३३ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती