२०८३, २७ भाद्र आईतबार

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम


काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नदेखिएको मौसमविद्हरूले बताएका छन्। यसैबीच, तराईका विभिन्न क्षेत्रमा तातो लहर (heat wave) र उच्च तापक्रमको जोखिम बढ्ने अनुमान गरिएको छ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार कम्तीमा बिहीबारसम्म देशभर उल्लेख्य वर्षा हुने सम्भावना न्यून छ। उनका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई क्षेत्रमा वर्षा कम र गर्मी बढी रहने अवस्था देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना रहेको जनाएको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ।

यस वर्षको मनसुन सरदरभन्दा करिब ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। असार ८ गतेसम्म यो मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भए पनि हाल कमजोर अवस्थामा रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका धेरै भागमा मनसुनी वायुको प्रभाव रहे पनि अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसले गर्दा वर्षा प्रणाली अपेक्षित रूपमा सक्रिय हुन सकेको छैन।

मौसमविद्हरूले आगामी केही दिन सावधानी अपनाउन आग्रह गर्दै विशेषगरी तराई क्षेत्रका बासिन्दालाई तातो लहरबाट जोगिन सतर्क रहन सुझाव दिएका छन्।

प्रकाशित मिति : २०८३, ९ असार बुधबार  ८ : ०२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।