काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्ने क्रममा प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार आन्दोलनको क्रममा ठूलो मानवीय क्षति भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, आन्दोलनको क्रममा ५९ जना आन्दोलनकारी शहीद भएका छन् । यस्तै, ३ जना सुरक्षाकर्मी (प्रहरी) को ज्यान गएको छ…