बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले जीतपुरसिमरामा आक्रोश चुलिएको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बिहीबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्। गरिमा हराएको सूचना समयमै दिँदा पनि प्रहरीले खोजीमा पर्याप्त सक्रियता नदेखाएको उनीहरूको आरोप…