२०८३, १७ आश्विन आईतबार

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल खुलामञ्चसहित प्रतिनिधि तथा शीर्ष नेताहरूको आवतजावत हुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आज दिउँसो २ बजे खुलामञ्चमा हुने उद्घाटन समारोहका लागि देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विदेशी प्रतिनिधिसमेत सहभागी हुने कार्यक्रम छ।

महाधिवेशनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), ट्राफिक प्रहरी तथा सादा पोशाकका प्रहरी परिचालन गरिएको छ।

प्रतिनिधिहरू बसेका होटल, शीर्ष नेताहरूको आवतजावत हुने क्षेत्र तथा महाधिवेशनस्थलमा विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।

सुरक्षा जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाउन महाधिवेशनस्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  १ : ३७ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको