काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको छ। केहीबेरअघि उद्घाटन सत्र सुरु भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्।
उद्घाटन समारोहमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी भएका छन्।
आजदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ।
यसपटक कांग्रेसले महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ।







प्रतिक्रिया