२०८३, १७ आश्विन आईतबार

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव


काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके राउतलाई निरन्तरता दिएको छ। वीरगञ्जमा सम्पन्न निर्वाचनबाट राउत पुनः अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। पार्टी विधानमा अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले एकल उम्मेदवारी हुँदाहुँदै पनि मतदान भएको थियो। राउतले ९५८ मत प्राप्त गरे। महाधिवेशनबाट पार्टीको महासचिवमा भने सञ्जयकुमार यादव निर्वाचित भएका छन्। सिरहाका यादवले ६१८ मत प्राप्त गर्दै महासचिवमा बाजी मारे। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाए। यादवको नेतृत्वमा महासचिव पदका लागि भएको प्रतिस्पर्धामा तीन जना उम्मेदवार मैदानमा थिए। मतपरिणामसँगै जनमतको केन्द्रीय नेतृत्वमा नयाँ पदाधिकारीको संरचनासमेत तय भएको छ।

उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। त्यस्तै, उपमहासचिवमा निर्मलकुमार मण्डल निर्वाचित भएका छन्। उनले ५०१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए।

सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि निर्वाचन भएको थियो। निर्वाचन परिणामसँगै जनमत पार्टीले आगामी कार्यकालका लागि नयाँ केन्द्रीय नेतृत्व चयन गरेको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  २ : २१ बजे

महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको छ : संयोजक लामाले

काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश

जनमतको नयाँ नेतृत्वमा सीके राउत दोहोरिए, सञ्जय यादव बने महासचिव

काठमाडौं । जनमत पार्टीको दोस्रो महाधिवेशनले पार्टीको नेतृत्वमा डा. सीके

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको