सिरहा। सिरहामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन र हिंसात्मक गतिविधि नरोकिएपछि प्रहरीले गोली चलाएको छ। प्रदर्शनका क्रममा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनालाई थप उपचारका लागि धरान रिफर गरिएको प्रहरीले जनाएको छ। कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीहरूले एक मोटरसाइकल ग्यारेजमा आगजनी…