काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा बोल्दै उनले नेपाल प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय गर्दै सुरक्षा तथा व्यवस्थापन गरिसेको बताए ।
उनले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट स्वयंसेवक झन्डै २०० जना, नेपाल प्रहरी लगायतका हामीले सबै कोर्डिनेट गर्दै यो सुरक्षाको लागि यहाँका स्वयंसेवक साथीहरूले सबै व्यवस्थाहरू गरिसक्या छन् ।’
उनका अनुसार महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने विशिष्ट अतिथि, महाधिवेशन प्रतिनिधि, पार्टीका शीर्ष नेतादेखि शुभेच्छुकसम्मका लागि बसाइ तथा प्रवेश व्यवस्थापन गरिएको छ । आगन्तुकका लागि पूर्व र पश्चिम गरी दुईवटा गेटबाट प्रवेशको व्यवस्था मिलाइएको लामाले जानकारी दिए ।
विशिष्ट अतिथिका लागि आवश्यक बसोबास तथा अन्य व्यवस्थासमेत गरिएको र अधिकांश तयारी पूरा भइसकेको उनले बताए ।
लामाले आफू नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेको बताए । उनले १५औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमै उम्मेदवारी दिने बताए ।







प्रतिक्रिया