काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीले अब शुल्क तिर्न नगद बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क क्यूआरमार्फत नगदरहित रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको हो। सम्झौताअनुसार सुरुङमार्गको शुल्क व्यवस्थापनमा आरएफआईडी प्रणाली प्रयोग गरिनेछ भने व्यवसायीले क्यूआर…