२०८३, ११ कार्तिक बुधबार

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बादल लाग्नेछ भने केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहनेछ।

दिउँसो देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।

त्यसैगरी, राति मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेकाले यात्रा तथा बाहिरी गतिविधि गर्नेहरूले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रकाशित मिति : २०८३, ११ कार्तिक बुधबार  ८ : ५३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव