२०८३, २८ भाद्र सोमबार

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्। सिंगापुर र हङकङमा उपचारपछि उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफू ‘विनम्र सेवक’ का रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताएका छन्।…