कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन् पेचिलो बन्दै गएको छ। यहीबीच कांग्रेस नेता रमेश लेखकले महाधिवेशनको प्रक्रिया तत्काल रोक्नुपर्ने धारणा अघि सारेका छन्। कञ्चनपुरको दोधारा–चाँदनीमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टीभित्र सहमतिको वातावरण नबनेर महाधिवेशन प्रक्रिया अघि बढे कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका हुन्। लेखकका अनुसार अहिले पनि विवाद समाधानको…