काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि आम निर्वाचन सत्ता जोगाउने निर्णायक परीक्षा बनेको छ। विपक्षीको चुनौती र गठबन्धनको बहुमतसम्बन्धी अनिश्चितताबीच उनको राजनीतिक भविष्य मतदाताको निर्णयमा निर्भर छ।
सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमण रोक्न नसकेको विषय, गाजामा जारी युद्ध र नेतान्याहुमाथिका भ्रष्टाचारसम्बन्धी आरोप यसपटकको चुनावका प्रमुख विवाद बनेका छन्। समर्थकले उनलाई सुरक्षा मामिलामा अनुभवी नेता मान्दा आलोचकले सुरक्षा विफलता र सरकारको जवाफदेहितामाथि प्रश्न उठाइरहेका छन्।







प्रतिक्रिया