२०८३, १० कार्तिक मंगलबार

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल


काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि उठाएर लगानी र आर्थिक साझेदारीमा विस्तार गर्नुपर्ने बताएका छन्।

अमेरिकी तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक नीतिगत तथा कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताए।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, आर्थिक सहकार्य, जलवायुजन्य विपद् व्यवस्थापन र संसदीय कूटनीतिबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीका बेला अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद दिँदै अर्यालले विपद् जोखिम न्यूनीकरण र प्रभावित क्षेत्रको उत्थानशीलताका लागि आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवार सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपद् व्यवस्थापन र जोखिमग्रस्त क्षेत्रको उत्थानशीलता सुदृढ गर्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए।

अमेरिकी प्रतिनिधिमण्डलले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक तथा मानवीय विकासमा सहयोग जारी राख्ने र दुई देशबीचको संसदीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३, ९ कार्तिक सोमबार  ३ : २७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना