२०८३, २८ भाद्र सोमबार

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चार महिनापछि पहिलोपटक विदेशी राजदूतसँग ‘वान टु वान’ वार्ता गर्दैछन्। शाहले आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि उनले विदेशी राजदूतसँग व्यक्तिगत भेट नगर्ने अडान लिँदै सामूहिक भेटलाई प्राथमिकता दिएका थिए। तर, अहिले भारत र चीनका…