काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको नेतृत्व विवाद तत्काल पार्टी विभाजनको तहमा नपुग्ने संकेत देखिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले गरेका छन्। उनले अदालतको पछिल्लो प्रक्रियाले पार्टीको वैधानिक नेतृत्वबारे अन्तिम निर्णय गर्ने बाटो खोलेको भन्दै १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली हुनसक्ने संकेत गरेका छन्। नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन…