२०८३, १० कार्तिक मंगलबार

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने


काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ। 

मंगलबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुन लागेको जानकारी दिएको हो।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ जावलाखेल खेल मैदानमा आयोजना हुने प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्यसमेत राखिएको छ।

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा कुल ८६ वटा स्टल रहनेछन्। आयोजकका अनुसार प्रदर्शनीमा ७८ वटा व्यावसायिक स्टल, चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहनेछन्।

प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँचवटा मुख्य प्रजातिबीच प्रतिस्पर्धा गराइनेछ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट स्टलका साथै विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रदर्शनीमा नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि राखिनेछन्। गोदावरी फूलका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा आलंकारिक बोटबिरुवासमेत उपलब्ध हुनेछन्।

पुष्प व्यवसाय सुरु गर्न चाहने तथा घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई फूल तथा बिरुवाको उत्पादन, प्रविधि र व्यवस्थापनसम्बन्धी जानकारीसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी, फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीराबारे जानकारी दिन प्रदर्शनीस्थलमा बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ। उक्त क्लिनिकमार्फत सर्वसाधारणले बिरुवाको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन सक्नेछन्।

प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

तिहार तथा छठ पर्वका बेला फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवद्र्धन, व्यावसायिक कारोबार विस्तार र पुष्प व्यवसायीलाई बजार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १० कार्तिक मंगलबार  ७ : ४६ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको