२०८३, १९ आश्विन मंगलबार

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकका कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए। बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (SEZ) सञ्चालन मापदण्ड–२०७१ खारेज गर्दै त्यहाँको मासिक भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ।…