२०८३, ३ भाद्र बिहीबार

चीनको ‘युथ पायोनियर प्रोग्राम’ : नेपाली जेन–जी युवातर्फ बढ्दो कूटनीतिक चासो

चीनको ‘युथ पायोनियर प्रोग्राम’ : नेपाली जेन–जी युवातर्फ बढ्दो कूटनीतिक चासो


काठमाडौं । नेपालका जेन–जी युवालाई लक्षित गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (CNYP)’ सुरु गर्ने घोषणा गरेको छ। २२ देखि ३४ वर्ष उमेर समूहका युवालाई लक्षित यो एक वर्षे कार्यक्रमले नेतृत्व विकास, नीति बहस र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर दिने लक्ष्य राखेको छ।

दूतावासका अनुसार कार्यक्रमअन्तर्गत सहभागीहरूले नेतृत्व तालिम, सामाजिक तथा नीतिगत विषयमा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा भाग लिन पाउनेछन्। साथै, छनोट भएका युवालाई चीन भ्रमणको विशेष अवसर समेत प्रदान गरिनेछ। कार्यक्रममार्फत ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखिएको छ, जसले दीर्घकालीन रूपमा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

आवेदन प्रक्रिया र छनोट

इच्छुक युवाले अंग्रेजीमा आवेदन फारम भरेर इमेलमार्फत पठाउनुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ मे १७ (२०८३ जेठ ३) तोकिएको छ। प्राप्त आवेदनहरूलाई कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा मूल्यांकन गरिनेछ र अन्तिममा १० देखि २० जना सहभागी छनोट हुनेछन्।

कार्यक्रमको संरचना

छनोट भएका सहभागीहरू एक वर्षसम्म विभिन्न तालिम, अन्तरक्रिया र नेटवर्किङ गतिविधिमा संलग्न हुनेछन्। कार्यक्रम सम्पन्न भएपछि उनीहरू ‘अल्मुनाइ नेटवर्क’मा आवद्ध भई निरन्तर अवसर र सहकार्यका प्लेटफर्ममा जोडिनेछन्। साथै, समुदायमा आधारित परियोजना सञ्चालन गर्न पनि प्रोत्साहन गरिने जनाइएको छ।

‘सफ्ट पावर’ कूटनीतिक प्रतिस्पर्धा

विश्लेषकहरूका अनुसार यस्तो कार्यक्रम केवल नेतृत्व विकासमा सीमित नभई ‘सफ्ट पावर कूटनीति’को हिस्सा हो। चीन मात्र होइन, अमेरिकाले पनि नेपाली युवालाई लक्षित गर्दै यस्ता एक्सचेन्ज तथा नेतृत्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले नेपालका युवाबीच अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, अनुभव आदान–प्रदान र नीति–सम्बन्धी क्षमता विकासमा सहयोग पुर्‍याउने देखिन्छ।

तर, यस्ता कार्यक्रमहरूको दीर्घकालीन कूटनीतिक प्रभावबारे भने बहस जारी छ। ठूला शक्ति राष्ट्रहरूबीच प्रभाव विस्तारको प्रतिस्पर्धामा नेपालजस्ता मुलुकका युवा जनशक्ति केन्द्रबिन्दु बन्न थालेको स्पष्ट संकेत यस कार्यक्रमले दिएको छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  ११ : ४६ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती