२०८३, १८ बैशाख शनिबार

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’


पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा महानगरपालिकाले डोजर चलाएपछि पर्यटन व्यवसायी कर्ण शाक्य ले कडा आपत्ति जनाएका छन्।

फेवाताल अतिक्रमण गरेको आरोपमा महानगरले होटल परिसरको संरचना भत्काउन थालेपछि शाक्यले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले बिना पूर्वसूचना गरिएको उक्त कारबाहीलाई “विश्वास, संघर्ष र आस्थामाथिको आक्रमण” को संज्ञा दिएका छन्।

शाक्यका अनुसार करिब दुई दशकअघि दिवाकर राजकर्णिकार सँग मिलेर स्वदेशमै पर्यटन व्यवसाय विस्तार गर्ने उद्देश्यले उक्त होटल स्थापना गरिएको हो। फेवाताल नजिकैको जग्गा खरिद गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने होटल निर्माण गरिएको उनले बताए।

पर्यटक सिजनकै उत्कर्षमा होटल भरिभराउ रहेको अवस्थामा बिना जानकारी डोजर चलाइनु अन्यायपूर्ण भएको उनको भनाइ छ। “हामीले सबै कानुनी प्रक्रिया पूरा गरेका छौं—लालपुर्जा, नक्सा पास, लाइसेन्स र कर तिर्ने काम नियमित गरेका छौं,” उनले उल्लेख गरेका छन्।

होटल ६५ मिटर मापदण्डभित्रै रहेको दाबी गर्दै उनले संरचना र तालबीच अन्य व्यक्तिको जग्गा रहेको बताएका छन्। साथै, लेकसाइड क्षेत्रमा यस्तै प्रकृतिका हजारौं संरचना रहेको उल्लेख गर्दै शाक्यले प्रश्न गरेका छन्, “उचित मुआव्जा र कानुनी प्रक्रिया बिना यस्ता संरचना भत्काउन मिल्छ?”

शाक्यले फेवाताल को ऐतिहासिक विकासक्रमसमेत स्मरण गराउँदै संरक्षण र विकासबीच सन्तुलन आवश्यक रहेको बताएका छन्। “संरक्षणले विकासलाई रोक्ने होइन, सहयोग गर्ने हो,” उनले भने।

यस घटनापछि पोखरामा विकास, वातावरण संरक्षण र निजी लगानीको सुरक्षाबारे बहस चुलिएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ९ : २१ बजे

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो