२०८३, १० कार्तिक मंगलबार

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन


काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान र शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलमा स्तनपान र शिशु हेरचाहका लागि सुरक्षित, गोपनीय र सरसफाइ मापदण्ड अनुरूप कक्ष सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।

निर्देशनमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विमानस्थलको सरसफाइ सुनिश्चित गर्न र दैनिक सरसफाइ ‘लगबुक’ प्रणाली कायम गर्नुपर्ने भनिएको छ। साथै, महिला यात्रुहरूको लागि शौचालयमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराउने व्यवस्था पनि गरिनुपर्ने छ।

मन्त्रालयले विमानस्थलमा बिरामी तथा विशेष आवश्यकता भएका यात्रुहरूको लागि प्राथमिक हेरचाहकक्ष पनि सञ्चालन गर्न निर्देशन दिएको छ। यी निर्देशनहरूको कार्यान्वयन भए नभएको बारे जानकारी मन्त्रालयका सूचना अधिकारीलाई दिनको लागि पनि मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, २७ चैत्र शनिबार  ८ : २९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा