२०८३, १० कार्तिक मंगलबार

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ


काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई प्रहरीले पुनः पक्राउ गरेको छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्ने र धरौटीमा छुट्ने गर्दै आएका व्यक्ति हुन्। रमेश थापाका अनुसार पछिल्लो समय पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

यसअघि २०८० साल असारमा ठमेलस्थित क्लब ओम्निया का सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका गुरुङलाई प्रहरीले हत्कडीसहित सार्वजनिक रूपमा बजार घुमाएको थियो। उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रहरी रेकर्डअनुसार गुरुङ कुख्यात गुण्डा नाइके कुमार घैंटे को समूहका सदस्य थिए। २०७२ सालमा घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङ अझ सक्रिय बनेको प्रहरीको भनाइ छ।

त्यस्तै, २५ पुस २०७२ मा नुवाकोटबाट अवैध हतियारसहित पक्राउ परेका गुरुङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ। २०६७ मा गोंगबु क्षेत्रमा भएको धारिलो हतियार प्रहार, २०७६ को बैंकिङ कसूर, २०७७ मा पेस्तोल देखाएर कुटपिट र २०८२ मा ठमेलमा झगडा लगायत घटनामा उनको संलग्नता देखिएको छ।

प्रहरीले गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ८ : ३६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा