२०८३, १० कार्तिक मंगलबार

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने


काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार, अबदेखि सरकारी कार्यालयहरू नयाँ समय तालिकाअनुसार सञ्चालन हुनेछन्। यसअघि, कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो, जबकि जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) समय १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो।

मन्त्रिपरिषदले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय पनि गरेको छ। यसले गर्दा कामकाजी घण्टामा सुधार ल्याउँदै, इन्धनको बचतमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस निर्णयलाई राजपत्रमा प्रकाशित गरिएको छ र अबदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।

यो निर्णय पहिलोपटक गरिएको भने होइन। यसअघि, १ जेठ २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि सरकारी कार्यालयहरू बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म खुल्ने व्यवस्था लागू गरिएको थियो।

सरकारी कार्यालयहरूको समय तालिकामा यस नयाँ परिवर्तनसँगै, नागरिकहरूले सुधारिएको सेवाको अनुभव गर्ने अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ चैत्र सोमबार  ८ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा