काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना न्यायाधीशमाथि श्रृङ्खलाबद्ध धम्की दिने आरोपमा पक्राउ परेका छन्। उनी पछिल्लो समय “डार्क फाइल नेपाल अभियान” नामक गतिविधि मार्फत न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पोखराबाट नियन्त्रणमा लिएको हो।