२०८३, १८ आश्विन सोमबार

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न


काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको एमआरआई मेसिन साढे दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको खुलासा भएको छ । अत्याधुनिक स्वास्थ्य उपकरण सञ्चालनमा नआउँदा प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारण बिरामी निजी अस्पताल धाउन बाध्य बनेका छन्।

अस्पताल स्रोतका अनुसार ठूलो बजेट खर्च गरेर खरिद गरिएको एमआरआई मेसिन जडान त गरियो, तर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, अनुमति प्रक्रिया र व्यवस्थापनको अभावले सेवा सुरु हुन सकेन । परिणामतः दैनिक बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउन बाध्य भइरहेका छन्।

यसले राज्यको करोडौं लगानीमाथि गम्भीर प्रश्न उठाएको छ । अस्पतालभित्रै चिकित्सक तथा कर्मचारीहरूले उपकरण लामो समय प्रयोगविहीन रहँदा बिग्रिने जोखिम बढेको बताएका छन् । “उपकरण थन्किएको छ, बिरामीले सास्ती पाइरहेका छन्, आखिर जिम्मेवार को ?” भन्ने प्रश्न अस्पतालभित्रै उठ्न थालेको छ।

एमआरआई सेवा अभावले बिरामीको समयमै परीक्षण हुन नसक्ने, उपचार प्रक्रिया ढिलो हुने र आर्थिक भार थपिने समस्या बढेको छ । विशेषगरी न्युरो, स्पाइन र जटिल रोगका बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।

अस्पताल प्रशासनले भने प्राविधिक तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै छिट्टै सेवा सञ्चालन गर्ने जनाएको छ । तर साढे दुई वर्षसम्म अत्यावश्यक उपकरण थन्किनु सामान्य कमजोरी नभई गम्भीर लापरबाही भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  २ : ४२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय