२०८३, १० कार्तिक मंगलबार

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न

करोडौंको उपकरण थन्काएर बिरामीलाई निजीमा पठाइँदै ? प्रहरी अस्पतालमाथि गम्भीर प्रश्न


काठमाडौं । नेपाल प्रहरी अस्पतालमा जडान गरिएको करोडौं रुपैयाँ मूल्यको एमआरआई मेसिन साढे दुई वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको खुलासा भएको छ । अत्याधुनिक स्वास्थ्य उपकरण सञ्चालनमा नआउँदा प्रहरी कर्मचारी, तिनका परिवार र सर्वसाधारण बिरामी निजी अस्पताल धाउन बाध्य बनेका छन्।

अस्पताल स्रोतका अनुसार ठूलो बजेट खर्च गरेर खरिद गरिएको एमआरआई मेसिन जडान त गरियो, तर सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, अनुमति प्रक्रिया र व्यवस्थापनको अभावले सेवा सुरु हुन सकेन । परिणामतः दैनिक बिरामीहरू महँगो शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउन बाध्य भइरहेका छन्।

यसले राज्यको करोडौं लगानीमाथि गम्भीर प्रश्न उठाएको छ । अस्पतालभित्रै चिकित्सक तथा कर्मचारीहरूले उपकरण लामो समय प्रयोगविहीन रहँदा बिग्रिने जोखिम बढेको बताएका छन् । “उपकरण थन्किएको छ, बिरामीले सास्ती पाइरहेका छन्, आखिर जिम्मेवार को ?” भन्ने प्रश्न अस्पतालभित्रै उठ्न थालेको छ।

एमआरआई सेवा अभावले बिरामीको समयमै परीक्षण हुन नसक्ने, उपचार प्रक्रिया ढिलो हुने र आर्थिक भार थपिने समस्या बढेको छ । विशेषगरी न्युरो, स्पाइन र जटिल रोगका बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।

अस्पताल प्रशासनले भने प्राविधिक तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेको दाबी गर्दै छिट्टै सेवा सञ्चालन गर्ने जनाएको छ । तर साढे दुई वर्षसम्म अत्यावश्यक उपकरण थन्किनु सामान्य कमजोरी नभई गम्भीर लापरबाही भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  २ : ४२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा