काठमाडौं । हाल नेपालमा मनसुन सक्रिय रहँदा पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई भू-भागमा सरदर स्थानको उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा उदयपुरको उदयपुरगढीमा १२.६ मिलिमिटर, सिन्धुपाल्चोकको…