काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादशैंको अवसरमा आमनागरिकलाई टीका नलगाउने निर्णय गरेका छन्। राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै देशको पछिल्लो परिस्थिति र संवेदनशीलतालाई ध्यानमा राखी टीका लगाउने कार्यक्रम नराखिएको जानकारी दिएको हो। विगतका वर्षहरूमा राष्ट्रपति निवास, शीतल निवासमा बडादशैंका दिन राष्ट्रपति स्वयंले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम आयोजना गर्दै आइएको थियो। जनसामान्य,…