भक्तपुर, २१ साउन ः सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा जानकारी दिन यहाँका जेष्ठ नागरिकदेखि शिक्षक, शिक्षिकासमेतले धार्मिक तथा अध्ययन भ्रमण गर्ने भएका छन् ।
आउँदो शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा यस वडामा रहेका जेष्ठ नागरिकलाई आफ्नै वडा भित्र रहेको प्रसिद्ध शिवमन्दिरहरुको धार्मिक परिक्रमा गराउने भएको हो ।
सूर्यविनायक नगरपालिका क्षेत्र भित्र रहेका प्रसिद्ध १५ वटा शिवालयहरुलाई समेटेर सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले नगरपालिकाले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने र साउन महिनाको अवसरमा शिवालयको दर्शन एवं परिक्रमा गर्ने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेको हो ।
सू
र्यविनायक नगरपालिका वडा नं.८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० वटा वडामा रहेको १५ वटा शिवालयलाई समेटेर नगरपालिकाले निर्माण गरेको ‘शिव सर्किट’ मा आउँदो २३ गते शनिवार यहाँका महिलाहरुलाई धार्मिक भ्रमण गराईने बताउनुभयो ।
शनिवार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने शिवालय भ्रमण कार्यक्रममा वडा नं. ८ का सम्पूर्ण महिला दिदीबहिनीहरूलाई सहभागी हुन आग्रह गरिएको र करिब तीन सय महिलाहरुको भ्रमण रहने उहाँले जानकारी दिनुभयो ।
सूर्यविनायक चोकमा सबै टोलबाट आएको गाडीमा सहभागि महिलाहरुलाई राखेर वडा नं २ को बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुर हुने शिव सर्किट परिक्रमा एव भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरुको परिक्रमा गरि साँझ ६ बजे डोलेश्वर महादेव मन्दिरमा पुगेर सन्ध्याकालिन आरती हेरेर फर्किने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनाथीैको आगमन भई धािर्मक पर्यटनको हव बन्ने विश्वास लिएको बताउनुभयो ।
त्यसैगरि सूर्यविनायक नगरपालिकाले पनि २३ गते आईतबार नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा गराईने भएको छ ।
नगरपालिकाको सामाजिक विकास समितिको निर्णयअनुसार साउन २३ गते सञ्चालन हुने अध्ययन भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमण गराईने समितिको संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
स्थानीय पाठ्क्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया