२०८३, १० कार्तिक मंगलबार

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह


काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा देखिएको धार्मिक सद्भाव बिथोल्ने र सर्वसाधारणमा डर तथा त्रास फैलाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार यस्ता कार्यले सामाजिक एकता कमजोर पार्ने, अविश्वास बढाउने र समाजलाई विभाजनतर्फ धकेल्ने खतरा हुन्छ।

संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयमता तथा सद्भावलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्। साथै, एकअर्काको धर्म, आस्था, संस्कृति र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्। मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले अपिलमा भनेका छन्।

उनले वर्तमान संवेदनशील अवस्थामा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  ८ : ४८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना