२०८३, १० कार्तिक मंगलबार

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन


काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम २१ दिनभित्र केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।

महामन्त्री ऋषिरमण खनालले सम्बन्धित जिल्ला शाखाहरूलाई पत्राचार गर्दै तोकिएको समयभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी भौचर वा अन्य प्रमाणसमेत पठाउन आग्रह गरेका छन्।

केन्द्रीय कार्यालयका अनुसार विभिन्न निकायबाट भएका अध्ययन, छानबिन तथा समाज कल्याण परिषद्को सुझावका आधारमा बक्यौता असुली प्रक्रिया अघि बढाइएको हो। ती ६२ जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखिको झण्डै २ करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।

महामन्त्री खनालले तोकिएको समयसीमाभित्र रकम दाखिला नगरे प्रचलित ऐन, कानुन तथा संस्थाको विधानबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीभित्र लामो समयदेखि आर्थिक अनियमितता र बेरुजुसम्बन्धी प्रश्न उठिरहेका बेला नयाँ नेतृत्वले थालेको यो कदमले केन्द्र र जिल्ला शाखाबीचको आर्थिक अनुशासन तथा वित्तीय प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  १० : १५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना