काठमाडौं । मौसमविद्ले आज (सोमबार) देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। बिहानदेखि सातै प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सर्लाहीको मलंगवामा २५ मिलिमिटर र बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ । दिउँसो पहाडी भू–भागका धेरै स्थानहरू र तराईका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र…