२०८३, १८ आश्विन सोमबार

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र


काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको खोजी र उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै स्थानीय सर्वसाधारणसमेत उद्धार तथा खोजीमा खटिएका छन्।

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टर र ड्रोनको प्रयोग गरी सम्भावित स्थानमा खोजी भइरहेको छ। उद्धार टोलीले नदी किनार, बाढीले पुरिएका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बेपत्ता नागरिकको खोजी गरिरहेको छ।

सशस्त्र प्रहरी बलले रसुवागढी भन्सार यार्डसहित बाढी प्रभावित क्षेत्रमा पुरिएका तथा नदी किनारमा थुनिएका र हराइरहेका नागरिकको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेपछि आधुनिक उपकरण तथा तालिमप्राप्त जनशक्तिको प्रयोग बढाइएको हो। सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कामसमेत भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  २ : ३३ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय