२०८३, ९ कार्तिक सोमबार

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था रहने देखिएको छ। 

आज राति पनि देशका पहाडी तथा हिमाली भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि जारी रहन सक्ने महाशाखाको पूर्वानुमान छ।

भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ७ : ३१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि