२०८३, ९ कार्तिक सोमबार

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत


काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीमा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना रहेका छन्। रसुवामा एक पुरुष, नुवाकोटमा ११, धादिङमा १८, गोरखामा १७, चितवनमा ३३, तनहुँमा ५ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पतालमा १, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, नर्भिक अस्पतालमा ३ र ग्रिनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट १ र हाकुबाट १ गरी २८ जना प्रहरी सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ९ : ०० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि