२०८३, ९ भाद्र बुधबार

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत


काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीमा घाइते भएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना रहेका छन्। रसुवामा एक पुरुष, नुवाकोटमा ११, धादिङमा १८, गोरखामा १७, चितवनमा ३३, तनहुँमा ५ र नवलपरासी पूर्वमा ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६३ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, वीरेन्द्र सैनिक अस्पतालमा १, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, नर्भिक अस्पतालमा ३ र ग्रिनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट १ र हाकुबाट १ गरी २८ जना प्रहरी सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ९ : ०० बजे

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै