२०८३, ९ कार्तिक सोमबार

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको मृत्यु र बेपत्ता भएको तथा व्यापक भौतिक क्षति पुगेकामा गुटेरेसले दुःख व्यक्त गरेको उल्लेख छ। उनले बाढीमा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै उनले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।

नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्न तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको वक्तव्यमा जनाइएको छ। बाढी प्रभावित समुदायलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्।

महासचिव गुटेरेसले उद्धार तथा राहत कार्यमा खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावित समुदायलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्।

प्रकाशित मिति : २०८३, १० भाद्र बिहीबार  ८ : ५७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि