२०८३, १८ आश्विन सोमबार

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन


काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत १९० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना र त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउस मर्मतमा संलग्न ४५ जना कर्मचारी सम्पर्कविहीन छन्।

त्यस्तै, निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना, त्रिशूली २२० केभी ३ ‘बी’ सबस्टेसनमा ठेकेदारमार्फत काम गरिरहेका १६ जना तथा चिलिमे क्षेत्रमा कार्यरत ७ जना सम्पर्कबाहिर रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासबाट १ जना बेपत्ता भएका छन्। चिलिमे पावर हाउसको स्विचयार्डमा कार्यरत एक कर्मचारी र एक मिटर रिडरसमेत सम्पर्कविहीन छन्।

यस्तै, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक कर्मचारी पनि सम्पर्कबाहिर रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको छ। सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।

बाढीले सडक तथा सञ्चार सम्पर्कसमेत प्रभावित पारेका कारण आयोजनामा रहेका कर्मचारीसँग तत्काल सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको जनाइएको छ। प्राधिकरणले घटनाबारे थप विवरण संकलन तथा अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ९ भाद्र बुधबार  ९ : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय