काठमाडौं । नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार तीन मन्त्रालयको जिम्मेवारी सहित पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथ लिएपछि उनले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला…