२०८३, २७ भाद्र आईतबार

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीको स्वागत

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीको स्वागत


काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासँगै कोजाग्रत पूर्णिमाको अवसरमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले दशैंको औपचारिक अन्त्यको संकेत गर्दछ।

आज साँझ घरघरमा सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ। “को जागर्ति” अर्थात् “को जागिरहेछ?” भन्ने शास्त्रीय अवधारणा अनुसार यस दिन रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ। विश्वास गरिन्छ, रातभर जाग्राम बसेका घरमा लक्ष्मीको स्थायी वास हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको दिन अखिल बलिपूर्ति गर्ने शास्त्रीय विधान छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा समाप्त हुन्छ।

आजको दिन विशेषरूपमा महालक्ष्मीको पूजन गरिनुका साथै, घरघरमा राखिएको जमरा पवित्र नदी, तलाउ वा पोखरीमा लगेर सेलाउने परम्परा रहेको छ। दशैंमा आराधना गरिने नवदुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना आज गरिने भएकाले कोजाग्रत पूर्णिमालाई दुर्गा पक्षको अन्तिम दिनको रूपमा लिइन्छ। नवरात्र भने विजयादशमीका दिन नै सम्पन्न हुन्छ।

यस पूर्णिमालाई “कौमुदी पूर्णिमा” पनि भनिन्छ। शास्त्र अनुसार महालक्ष्मीसँगै आज हात्तीमा सवार इन्द्रको समेत पूजा गरिनुपर्छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ८ : ०७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।