२०८३, १९ आश्विन मंगलबार

आज देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव कायमै

आज देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव कायमै


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज सोमबार पनि विभिन्न स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली देखिएको छ। बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ । विभागको पछिल्लो विवरणअनुसार पछिल्ला ६ घन्टामा अर्घाखाँचीको राङसिङमा सबैभन्दा बढी ५१ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, मनाङको तालमा ४२ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर र कास्कीको लुम्लेमा २५.८ मिलिमिटर वर्षा भएको छ । दिउँसो र साँझतिर देशका कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, अन्य प्रदेशका पहाडी र तराई भूभागमा पनि यस्तै खालको मौसम देखिन सक्ने चेतावनी दिइएको छ ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनुका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख छ। महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा सवारी आवागमनमा समस्या पर्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ७ : १६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि