२०८३, १२ कार्तिक बिहीबार

आज देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव कायमै

आज देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना, मनसुनी वायुको प्रभाव कायमै


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज सोमबार पनि विभिन्न स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश सामान्यतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली देखिएको छ। बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ । विभागको पछिल्लो विवरणअनुसार पछिल्ला ६ घन्टामा अर्घाखाँचीको राङसिङमा सबैभन्दा बढी ५१ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, मनाङको तालमा ४२ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर र कास्कीको लुम्लेमा २५.८ मिलिमिटर वर्षा भएको छ । दिउँसो र साँझतिर देशका कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, अन्य प्रदेशका पहाडी र तराई भूभागमा पनि यस्तै खालको मौसम देखिन सक्ने चेतावनी दिइएको छ ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनुका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख छ। महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा सवारी आवागमनमा समस्या पर्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ७ : १६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल