२०८३, २७ भाद्र आईतबार

पहिरो प्रभावितलाई राहत लिएर पुगे मुख्यमन्त्री हिक्मत कार्की ‘जेन-जी’ सरकार बेखबर

पहिरो प्रभावितलाई राहत लिएर पुगे मुख्यमन्त्री हिक्मत कार्की ‘जेन-जी’ सरकार बेखबर


विराटनगर । इलाममा आएको बाढी-पहिरो प्रभावितका लागि कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की सक्रिय भई राहत कार्यमा फिल्डमै खटिएका छन्। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत माङ्सेबुङ र इलाम सदरमुकाम क्षेत्रमा प्राथमिक राहत सामग्री वितरण गरिएको छ।

मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको सहकार्यमा दैनिक उपभोग्य सामग्री, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल वितरण गर्दै प्रभावित बासिन्दालाई राहत पुर्‍याएका छन्। उनका अनुसार, “प्रभावितसँग प्रत्यक्ष भेटघाट गर्दै राहत वितरण गर्नु मेरो पहिलो प्राथमिकता हो।”

तर, यसैबीच ‘जेन-जी’ आन्दोलनका क्रममा बनेको केन्द्रिय सरकार अझै बेखबर रहेको प्रभावित बासिन्दाले बताएका छन्। मन्त्रालयका अधिकांश सवारी साधन तोडफोड भएको र राहत–उद्धारमा ढिलाइ भइरहेकोले प्रभावित क्षेत्रमा सरकारको भूमिका कमजोर देखिएको छ। मुख्यमन्त्री कार्कीको सक्रियता र समन्वयको प्रयासले प्रभावितलाई तत्काल राहत पुर्‍याउने कार्य गति लिएको छ। उनका समर्थकहरूले प्रदेश नेतृत्वको तत्परता र प्रभावकारी कदमको सराहना गरेका छन्।

बाढी-पहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई-जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा व्यापक क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १ : ३९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।