२०८२, २९ कार्तिक शनिबार

पहिरो प्रभावितलाई राहत लिएर पुगे मुख्यमन्त्री हिक्मत कार्की ‘जेन-जी’ सरकार बेखबर

पहिरो प्रभावितलाई राहत लिएर पुगे मुख्यमन्त्री हिक्मत कार्की ‘जेन-जी’ सरकार बेखबर


विराटनगर । इलाममा आएको बाढी-पहिरो प्रभावितका लागि कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की सक्रिय भई राहत कार्यमा फिल्डमै खटिएका छन्। आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत माङ्सेबुङ र इलाम सदरमुकाम क्षेत्रमा प्राथमिक राहत सामग्री वितरण गरिएको छ।

मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको सहकार्यमा दैनिक उपभोग्य सामग्री, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल वितरण गर्दै प्रभावित बासिन्दालाई राहत पुर्‍याएका छन्। उनका अनुसार, “प्रभावितसँग प्रत्यक्ष भेटघाट गर्दै राहत वितरण गर्नु मेरो पहिलो प्राथमिकता हो।”

तर, यसैबीच ‘जेन-जी’ आन्दोलनका क्रममा बनेको केन्द्रिय सरकार अझै बेखबर रहेको प्रभावित बासिन्दाले बताएका छन्। मन्त्रालयका अधिकांश सवारी साधन तोडफोड भएको र राहत–उद्धारमा ढिलाइ भइरहेकोले प्रभावित क्षेत्रमा सरकारको भूमिका कमजोर देखिएको छ। मुख्यमन्त्री कार्कीको सक्रियता र समन्वयको प्रयासले प्रभावितलाई तत्काल राहत पुर्‍याउने कार्य गति लिएको छ। उनका समर्थकहरूले प्रदेश नेतृत्वको तत्परता र प्रभावकारी कदमको सराहना गरेका छन्।

बाढी-पहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई-जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा व्यापक क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १ : ३९ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर