२०८२, २६ पुस शनिबार

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। हिन्दू धर्मावलम्बीहरूले घर–घरमा दीपावली गरी लक्ष्मीको स्वागत गर्ने परम्परा अनुसार आज साँझ विशेष पूजाअर्चना गरिँदैछ। बिहानैदेखि घर आँगन सफा–सुग्घर र लिपपोत गर्ने परम्परा अनुरूप राजधानीसहित देशभरका घरमा सरसफाइको रौनक देखिएको छ। जनविश्वास अनुसार सफा–सुग्घर र उज्यालो घरमा मात्र…