२०८३, १४ असार सोमबार

प्रतिनिधिसभा निर्वाचन २०८२: निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक

प्रतिनिधिसभा निर्वाचन २०८२: निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक


काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले पहिलो-निर्वाचित प्रणाली र समानुपातिक प्रणाली दुवैतर्फको विस्तृत कार्यक्रम आफ्नो वेबसाइट www.election.gov.np र नेपाल राजपत्रमार्फत प्रकाशित गर्ने जनाएको छ।

पहिलो-निर्वाचित प्रणालीतर्फ माघ ६ गते बिहान १० बजेबाट बेलुका ५ बजे सम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन बेलुका ५ बजेबाट ७ बजे सम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरुद्ध उजुरी माघ ७ गते बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म पेश गर्न सकिनेछ। उजुरीको जाँचबुझ र निर्णय माघ ८ गते बेलुका ५ बजे सम्म पूरा गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजे सम्म हुनेछ भने दिउँसो ४ बजेबाट साँझ ७ बजे सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले मङ्सिर २१ गते बिहान १० बजेबाट २३ गते दिउँसो ४ बजे सम्म निवेदन पेस गर्न सक्नेछन्। मङ्सिर २४ गते बिहान १० बजेबाट दिउँसो ४ बजे सम्म निवेदन पेश गरेका दलहरूको नामावली प्रकाशन गरिनेछ। उम्मेदवारको बन्द सूची पेस गर्ने कार्य पुस १३ र १४ गते बिहान १० बजेबाट ४ बजे सम्म हुनेछ भने अन्तिम बन्द सूची माघ २० गते बिहान १० बजे देखि बेलुका ५ बजे सम्म प्रकाशित गरिनेछ।

निर्वाचन आयोगले फागुन २१ गते बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा मतदान सञ्चालन हुने जानकारी दिएको छ। आयोगले सबै नागरिकलाई मतदानमा सहभागिता जनाउन र समयतालिकाअनुसार प्रक्रिया पूरा गर्न सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  १ : ४९ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण