काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा सदस्यले सार्वजनिक रूपमा मोबिल खन्याएर दुर्व्यवहार गरेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ। घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समिति (एसएमसी) निर्वाचन प्रक्रिया नियमविपरीत भएको आरोप लगाउँदै बोहोरामाथि मोबिल खन्याएका हुन्। भाइरल भिडियोमा मोटरसाइकलमा…