काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरिरहेको छ। शनिबार दिनभरि आफ्ना निकट सल्लाहकार र राजनीतिक सरोकारवालाहरूसँग छलफलमा व्यस्त रहेकी प्रधानमन्त्री कार्कीले आइतबार (भोलि) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। सरकारी स्रोतका अनुसार, आजैसम्म मन्त्रालयहरूको बाँडफाँट र मन्त्रीहरूको नामावली टुंग्याउने प्रयास भइरहेको छ। मन्त्रालयहरूको जिम्मेवारी मिलाउन प्रधानमन्त्री कार्यालयमा उच्च तहको…