२०८३, १ भाद्र मंगलबार

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित

प्रवासी नेपाली मञ्च पोल्यान्डको अध्यक्षमा अक्षय रिजाल निर्वाचित


काठमाडौं । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोल्यान्डको पाँचौँ राष्ट्रिय अधिवेशनबाट अक्षय रिजाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य सन्तोष भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद सुवेदी, सचिवमा सुवास खतिवडा तथा सहसचिवमा निराजन आचार्य र अन्जु लामा निर्वाचित भएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यमा विशाल कार्की, प्रदीप पुलामी मगर, सविना धटानी, सागर देवकोटा, श्याम गुरुङ र प्रज्वल सुवेदी चयन भएका छन्। बाँकी पदाधिकारी तथा सदस्यहरू आवश्यकताअनुसार पछि मनोनयन गरिने जनाइएको छ।

यस अवसरमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेलले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। पोखरेलले नयाँ नेतृत्वको कार्यकालमा प्रवासी नेपाली मञ्च पोल्यान्ड अझ सुदृढ, सक्रिय र प्रभावकारी संगठनका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै पोल्यान्डमा रहेका नेपालीहरूको हक–हितको संरक्षण, आपसी एकताको प्रवर्द्धन तथा नेपाली भाषा, कला, संस्कृति र राष्ट्रिय स्वाभिमानको संरक्षण एवं प्रवर्द्धनमा संगठनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय कमिटीले नयाँ कार्यसमितिको नेतृत्वमा पोल्यान्डस्थित संगठन अझ प्रभावकारी ढंगले अघि बढ्दै प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप सशक्त बनाउने विश्वाससमेत व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  २ : २२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा