२०८३, ७ भाद्र सोमबार

विद्युत् अवरोधदेखि जनताको असन्तुष्टिसम्म, सरकारमाथि शंकर पोखरेलको आक्रामक टिप्पणी

विद्युत् अवरोधदेखि जनताको असन्तुष्टिसम्म, सरकारमाथि शंकर पोखरेलको आक्रामक टिप्पणी


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले कार्यक्रम सञ्चालन भइरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएको प्रसंगलाई उदाहरण बनाउँदै सरकारको सेवा प्रवाहमाथि प्रश्न उठाए।

उनले नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधान हुन नसकेको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुने प्रचारले मात्र जनताको विश्वास नजित्ने बताए।

पोखरेलका अनुसार जनताले ठूलो अपेक्षासहित दिएको जनादेशको सदुपयोग हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको छ। उनले सरकारले जनजीविकासँग जोडिएका आधारभूत सेवामा सुधार ल्याउन नसकेको आरोप लगाए।

उनले सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको दाबी गर्दै जनताले अनुभूति गर्ने गरी सुशासन, सेवा प्रवाह र विकासका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। साथै, वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षले संसद्भित्र र बाहिर अझ जिम्मेवार तथा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए।

एमालेले पछिल्लो समय सरकारको कार्यशैली, सेवा प्रवाह र जनअपेक्षा पूरा गर्न नसकेको विषयलाई निरन्तर उठाउँदै आएको छ। त्यसैको निरन्तरतास्वरूप पोखरेलले पनि सरकारको कार्यसम्पादनप्रति आलोचनात्मक टिप्पणी गरेका हुन्।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  १ : २७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन